सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमाले उम्मेदवार भगवती चौधरीले अग्रता कायमै राखेकी छन् । पछिल्लो मतपरिणामअनुसार उनले २१ हजार ८११ मत ल्याएकी छन् ।
चौधरीलाई पछ्याइरहेका नेपाली कांग्रेसका विजयकुमार गच्छदारले १६ हजार ९६० मत पाएका छन् । उनी चौधरीभन्दा ४ हजार ८५१ मतले पछाडि छन् ।
त्यस्तै, सुरुवातमा अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली तेस्रो स्थानमा छन् । अहिलेसम्म उनले ५८४० मत पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0