नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदारलाई हराउँदै सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)की भगवती चौधरी विजयी भएकी छन् । ४ हजार १३४ मत गन्न बाँकी रहँदै उनकाे जित सुनिश्चत भएको हो ।
हालसम्मकाे मतगणनामा चौधरीले ३९ हजार २९७ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय गच्छदारले ३३ हजार ८६३ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ५ हजार ४३४ मत रहेको छ ।
चौधरी यसअघि २०७० र २०७४मा गच्छदारसँग दुईपटक पराजित भएकी थिइन् । चौधरीले दुईपटकको हारको बदला तेस्राेपटकमा लिएकी छन् ।
२०४८ सालदेखि निरन्तर ६ पटकका विजयी गच्छदार भने सातौँपटकमा पुरानै प्रतिस्पर्धीसँग पराजित भए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0