प्रदेश १ मा उपसभामुखको निर्वाचन आज हुँदैछ । बिहान ११ बजे बस्ने बैठकसँगै मतदान प्रकियाबाट उपसभामुखको चयन गरिन लागिएको हो ।
उपसभामुखका लागि नेकपा एमालेबाट सिर्जना दनुवार र नेपाली कांग्रेसको तर्फबाट लिलाकुमारी राईले उम्मेवारी दर्ता गरेका प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
समानुपातिक तर्फबाट प्रदेशसभामा प्रतिनिधित्व गरेका राई र दनुवार उदयपुरका हुन् ।
प्रदेश १ सभामा एमालेबाट ४०, कांग्रेसबाट २९, नेकपा माओवादी केन्द्रबाट १३, राप्रपाबाट ६, नेकपा एकीकृत समाजवादीबाट चार र जसपाबाट एक गरी ९३ सदस्य रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0