कर्णाली प्रदेशमा एक राज्यमन्त्री नियुक्त भएकी छिन्। मुख्यमन्त्री राजकुमार शर्माले बुधबार माओवादी केन्द्रकी सांसद उर्मिला विश्वकर्मालाई भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि बुधबार नै चार मन्त्री नियुक्त गरिएको थियो। जसमा महिला तथा दलित नसमेटिएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
चार मन्त्री नियुक्त भएको केही घण्टापछि मुख्यमन्त्री शर्माले विश्वकर्मालाई राज्यमन्त्रीम नियुक्त गरेका हुन् । उनले बुधबार नै प्रदेश प्रमुख तिलक परियारको उपस्थितिमा मुख्यमन्त्री शर्माबाट सपथ लिएकी छन्।
राज्यमन्त्री नियुक्त भएसँगै कर्णालीको प्रदेश मन्त्रिपरिषद् आठ सदस्यीय बनेको छ । सत्ता साझेदार एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको संख्या भने सातभन्दा नबढाउने सहमति भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0