प्रदेश १ को नाम कोशी प्रदेश हुनुपर्ने प्रस्तावमा ८२ सांसदले समर्थन जनाएका छन् । नेकपा एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका हुन् ।
उक्त प्रस्तावको विपक्षमा जम्मा चार सांसदले हात उठाएका थिए । दुईतिहाईभन्दा बढी सदस्यहरुले पक्षमा हात उठाएपछि उक्त प्रस्तावलाई अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ ।
नेकपा एस र जसपाले राखेको अर्को प्रस्तावमा भने छलफल नै नहुने भएको छ । उनीहरूले किरात लिम्बुवान सगरमाथा नाम प्रस्ताव गरेका थिए ।
प्रदेशको नाम कोशी प्रदेश हुनुपर्ने नेकपा एमालेको प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाले समर्थन गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0