मधेस सरकारले क्रिकेट खेलाडीहरु आरिफ शेख र गुल्सन झालाई जनही दुई लाख रुपैयाँ दिने भएको छ।
युएईविरुद्धको निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गरेबापत मधेस सरकारले उनीहरुलाई प्रोत्साहन रकम दिने भएको हो । शेख पर्साका हुन् भने झा सर्लाही जिल्लाका हुन्।
मधेस प्रदेशबाट राष्ट्रिय टिममा खेलिरहेका दुवैजनालाई मधेस सरकारले जनही २ लाख रुपैयाँ दिने मुख्यमन्त्री सरोजकुमार यादवले जानकारी दिए।
बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको युएईविरुद्धको खेलमा आरिफले ५२ रन र झाले ५० रन बनाएका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0