काठमाडौं–नागरिकताबाट प्रभावित व्यक्तिहरूको सञ्जालले देशैभरि नागरिकताविहीन भएर बसेका नेपालीहरूलाई सरकारले तत्काल नागरिकता प्रदान गर्नुपर्ने माग गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा सञ्जालले पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो ।
सञ्जालकी संयोजक दिप्ती गुरूङ्गले नागरिकता वियेयक संसदबाट पारित गर्नको लागि सबै पार्टीका सांसदहरूले सहयोग गर्नुपर्नेमा जोड दिइन ।
उनले भनिन्, ‘अहिले यो विद्येयकलाई स्थगित गर्ने सांसदहरूको मनसाय छ, त्यसलाई उहाँहरूले अब सुचारू गर्नुपर्छ । विधेयक पारीत गर्नुपर्छ ।’
विधेयकमा समावेश भएका कतिपय प्रावधानहरूलाई समेत सच्याउनुपर्ने आफूहरूको मुख्य माग रहेको उनले बताइन् ।
गुरुङ्गले थपिन्, ‘विधेयकको प्रावधानमा अहिले पनि आमाले स्वघोषणा गर्नुपर्ने कायमै छ, तर संविधानवमोजिम त्यो स्वघोषणा पनि हटाउनुपर्छ । त्यसबाहेक बुवा पत्ता नलागेको भनेर नागरिकता लिनेहरूलाई पछि बुवा पत्ता लागेमा र बुवा विदेशी नागरिक भएको ठहरिएमा आमालाई चार वर्षको जेल सजाय र नागरिकता नै खारेज गरिने भन्ने प्रावधान अहिलेको वियेयकमा राखिएको छ, यसलाई पनि संविधानबमोजिम स्वतःअंगीकृतमा परिणत हुनुपर्छ । आमालाई जेल सजाय पनि हुँनुहुँदैन ।’
सञ्जालले अहिले पनि नागरिकताविहीनहरू ठूलो संख्यामा रहेको उल्लेख गर्दै उनीहरू राष्ट्र निर्माणको अभियानमा समेत सहभागी हुनबाट बञ्चित हुनुपरेको गुनासो पोखेको छ ।
संसदको राज्य व्यवस्था समितिमा आफूहरूलाई पनि छलफलको लागि बोलाइएको बताउँदै उनले आगामी दिनमा पनि यो समस्याको समाधान निकाल्न सबै सरोकारवालाहरूसँग नियमित छलफल तथा परामर्श जारी राख्नसमेत समितिलाई सुझाव दिइन् ।
कार्यक्रममा नागरिकताबाट प्रभावित व्यक्तिहरूको समूहका प्रतिनिधिले (नाम गोप्य राखिएको) पनि आफूहरूलाई राज्यले नागरिकताविहीन बनाएर राख्न नहुने धारणा राखे । उनले भने, ‘हामीलाई नागरिकताविहीन बनाएर राज्यले अन्यौल र अन्धकारतर्फ धकेलिरहेको छ । अब यो अन्यौलता धेरै दिनसम्म राख्नुहुन्न ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0