सेयर बजारमा पहिरो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा पहिरो गएको छ । यस दिन नेप्से सूचक ३१.५२ विन्दुले घटेर २०१३.९३ अंकमा आएर अडिएको छ । 

१ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत सबै समूह घटेका छन् । 

१९९० लाई टेवा दिएर फर्किएको बजार गति लिने अपेक्षाविपरीत पुनः घटेको हो । यसबाट पुनः अनिश्चितता उत्पन्न भएको छ । अब बजारले कुन विन्दुमा पुगेर बाउन्स ब्याक हुन्छ भन्ने चासो पनि बढेको छ । 

लाभांशको सिजन नजिकिँदै गर्दा बजारको प्रदर्शन कमजोर देखिएको छ । घटेको बजारमा एक–दुई दिन क्रेता देखिए पनि तुरुन्तै ट्रेडर हाबी हुने प्रवृत्ति देखिएको छ ।



यस दिन २७५ कम्पनीको ४६ लाख ५७ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ८७ लाख रुपैयाँभन्दा कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । 

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः घोराही सिमेन्ट्स र शिवम् सिमेन्ट्स परेका छन् । 



  • प्रकाशित मिति : भदौ ७, २०८० बिहीबार १६:३०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया