लम्पी स्किनबाट ५२ हजार ४ सय ४८ पशुको मृत्यु

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले लम्पी स्किनका कारण अहिलेसम्म ५२ हजार ४ सय ४८ पशुको मृत्यु भएको जानकारी दिएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै उनले संघ प्रदेश र पालिकाहरुबीच समन्वय गरी संकलन गरिएको तथ्यांक हेर्दा अहिलेसम्म ५२ हजार ४ सय ४८ पशुको मृत्यु भइसकेको जानकारी दिएका हुन् । 

उनले भने,‘यस रोगको जानकारी लिन संघ प्रदेश र पालिकाहरुबीच समन्वय गरी तथ्यांक संकलन गरिएको छ ।

तथ्यांकअनुसार विगत पाँच महिनामा यस रोगबाट १४ लाख ४६ हजार ४ सय ५९ पशु बिरामी भएका छन् । १२ लाख ८८ हजार ८ सय ५९ निको भए ५२ हजार ४ सय ४८ पशुको मृत्यु भएको छ । यसको रोकथामको लागि सरकारले सक्दो प्रयास गरिरहेको छ ।’



उनले यस रोगको भ्याक्सिन जोर्डन, तान्जानिया र टर्कीबाट आयात गरिएको बताए । 

उनले भने,‘यस रोगको भ्याक्सिन हाम्रो देशमा बन्दैन । जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरिरहेको छौँ । भ्याक्सिन लगाउने काम भइरहेको छ । उपचार र नियन्त्रणका लागि तीनै तहका सरकारबाट पहल भइरहेको छ ।’



  • प्रकाशित मिति : भदौ ७, २०८० बिहीबार २२:४०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया