नागरिक उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्बको बजेट

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालू आर्थिक वर्ष ०८०–८१ का लागि साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले चालू आवका लागि ३६ अर्ब ६६ करोड ६४ लाख बजेट स्वीकृत गरेको हो । 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास, विमानस्थल सञ्चालनलगायत प्राथमिकताका क्षेत्र निर्धारण गरी चालू आर्थिक वर्षको बजेट विनियोजन गरिएको छ । 

अन्तर्राष्ट्रिय संघसंस्थाबीच सहकार्य, यात्रु सेवा सुविधा अभिवृद्धि, आय वृद्धि तथा आर्थिक अनशासन, मानव संशाधन विकास लगायतलाई बजेटले प्राथमिकता दिएको प्रवक्ता निरौलाले उल्लेख गरे । 
     
प्राधिकरणले चालू आवमा १५ अर्ब ८८ करोड २५ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । यस्तै, ऋण–सेयर लगानीका रूपमा ६ अर्ब ६४ करोड प्राप्त हुने अनुमान गरिएको छ ।  

प्राधिकरणले पुँजीगत खर्चका लागि १९ अर्ब तीन करोड ८८ लाख विनियोजन गरेको छ भने कर्मचारी खर्चमा दुई अर्ब ११ करोड ७१ लाख छुट्याएको छ । प्राधिकरणले कार्य सञ्चालन खर्च चार अर्ब ३४ करोड र कर्मचारीको बोनसमा पाँच अर्ब ८९ विनियोजन गरेको छ ।





  • प्रकाशित मिति : भदौ २१, २०८० बिहीबार १७:४४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया