अर्थमन्त्रीको दाबी : अर्थतन्त्रमा सुधार हुँदै छ, आत्तिनुपर्ने अवस्था छैन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अर्थमन्त्री डा. प्रकाशशरण महतले, समग्र अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको दाबी गरेका छन् । संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले, नेपालको सेयर मार्केटमा पनि विस्तारै सुधार देखिने दाबी गरे । 

प्रेम सुवालले सेयर लगानीबारे सोधेको प्रश्नको जवाफमा अर्थमन्त्री महतले कसैलाई जुनसुकै क्षेत्रमा लगानी गर्न अधिकार रहेको भन्दै त्यसलाई रोक्न नसकिने, तर व्यवस्थित गर्न प्रयास भइरहेको तर्क गरे । पछिल्लो समय विस्तारै अर्थतन्त्रमा सुधार हुँदै गएको भन्दै उनले आत्तिनुपर्ने अवस्था नरहेको बताए । 

‘अहिले समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालेका छन् । टुरिष्ट एराइभलको कारणले होटल रेष्टुरेन्ट सेवा क्षेत्रमा पनि सकरात्मक प्रभाव पर्न थालेको छ । हाम्रो बजेट खर्च हुन थालेको छ । त्यसले पनि सकरात्मक प्रभाव परेको छ,’ उनले भने, ‘हाम्रो अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्र चलायमान भएपछि सेयर मार्केट पनि चलायमान हुन्छ ।’





  • प्रकाशित मिति : भदौ २१, २०८० बिहीबार १८:१८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया