पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु भएको छ । ड्रुक एयरको विमान केही बेरअघि ४२ यात्रु लिएर भुटानको पारोका लागि उडेको विमानस्थल प्रमुख देवचन्द्र लाल कर्णले जानकारी दिए ।
चालक दलका तीन जना सदस्य मात्रै लिएर विमान शनिबार बिहान ६ बजेर ४० मिनेटमा पोखरामा अवतरण गरेको थियो । यसअघि चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो ।
गत असार ६ गते चीनको छेङ्दु तियान्फु विमानस्थलबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित आएको सो विमानमा चीनबाट केही नेपालीसहित पोखरामा त्यो बेला सम्पन्न हुन गइरहेको ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर आएको थियो ।
यद्यपि चीनबाट चार्टर्ड गरेर आएको सो विमान रित्तै फर्किएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0