आजदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो सो सुरु भएको छ । आज एक विशेषकार्यक्रमका बीच अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सोको उद्घाटन गरेका हुन् ।
सो भदौ ३१ गतेसम्म चल्नेछ । अटो सोमा विभिन्न कम्पनीले नयाँ गाडी सार्वजनिक गरेका छन् ।
अटो सोमा १ सय २० वटा स्टल रहनेछन् । जसमा १६ वटा चारपांग्रे, २२ वटा दुईपांग्रे, सातवटा कमर्सियल गाडी, ३० वटा लुब्रिकेन्टस र पार्टस्टलगायत उपकरण राखिएका छन् ।
चारपांग्रेमा विद्युतीय गाडीको बाहुल्य रहेको अटो सोमा १५ अर्बभन्दा बढीको बुकिङ तथा कारोबार हुने नाडाको अनुमान छ ।
उक्त प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइनआयल रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ ।
यसैगरी, प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिंक, फायर सेफ्टी सपोर्टमा हिटको प्रालि एवं हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0