सेयर बजार दुई हजार विन्दुमाथि उक्लियो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बुधबार सेयर बजार उच्च अंकले बढेको छ । साताको चौथो कारोबार दिन सेयर बजार परिसूचक नेप्से ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको हो ।

तीन सातापछि सेयर बजार दुई हजार विन्दुमाथि उक्लिएको हो । ७ भदौमा २०१३.९३ विन्दुमा बन्द भएको सेयर बजार त्यसयता निरन्तर घट्दै आएको थियो । 

तेस्रो सातापछि अर्थात् बुधबार सेयर बजार दुई हजार विन्दुभन्दा माथि उक्लिएको हो ।
बुधबार सेयर बजारमा २१३ कम्पनीको मूल्य बढेको छ भने ११ कम्पनीको मूल्य घटेको छ । 

धेरैजसो कम्पनीको मूल्य बढ्दा पनि ४ कम्पनीको मूल्य भने स्थिर रह्यो । बुधबार २७५ धितोपत्रको ३६ हजार ४५ वटा कारोबार हुँदा ५१ लाख ४४ हजार ७२४ रुपैयाँको सेयर किनबेच भएको छ । जसबाट १ अर्ब ४९ करोड ५५ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।





  • प्रकाशित मिति : भदौ २७, २०८० बुधबार १६:१५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया