अर्थमन्त्री महतको प्रस्ताव : नेपाललाई आइटी हबको रूपमा विकास गरौँ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अर्थमन्त्री डा.प्रकाशशरण महतले निजी क्षेत्र र सरकार सबै मिलेर नेपाललाई आइटी हबको रूपमा विकास गर्नुपर्ने बताएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आइटी कम्पनीले नेपालमा सेन्टर खोल्ने परिस्थिति भयो भने नेपाललाई आइटी हबको रूपमा विकास गर्न सक्ने भन्दै त्यसको लागि निजी क्षेत्र र सरकार सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । 

‘आइटी कम्पनीले यहाँ एउटा सेन्टर खोल्ने परिस्थिति आयो भने त्यसको आधारमा नेपाल आइटी हबको रूपमा विकसित हुन सक्छ, यसमा हामीले काम गर्नुपर्छ,’ उनले भने, ‘निजी क्षेत्र र सरकार सबै मिलेर कसरी नेपाललाई आइटी हबको रूपमा विकास गर्नेतिर हामी लागौँ ।’

उनले नेपालमा बस्न मिल्ने अवस्था नै छैन भन्ने सोचलाई परिवर्तन गरेर युवाहरूलाई मौका छ भनेर रोक्ने किसिमको बहस नेपालमा आवश्यक भएको बताए । 
यस्तै, मन्त्री महतले आर्थिक रूपान्तरणको खम्बा पर्यटन, हाइड्रोपावर, कृषि र आइटी भएको भन्दै त्यसलाई विकास गरेर नेपालको आर्थिक विकास गर्नु आजको आवश्यकता भएको बताए । 



‘आर्थिक रूपान्तरणको खम्बा एउटा पर्यटन क्षेत्र, दोस्रो हाम्रो हाइड्रोपावर छ, नेपालीहरू हिजो आधा मेघावाटबाट सुरु गरेको अहिले २०० सम्मको छ,’ उनले भने, ‘यसको साथै भारतसँग भएको सम्झौताले यसको बजार सुनिश्चित गरेको छ । स्वदेशी छरिएको पुँजी रेमिट्यान्सबाट आएको रकमलाई पनि यसमा जोड्न आवश्यक छ ।’ 

छरिएर रहेको पुँजीलाई ठोस लगानीमा ल्याउन सकिने उल्लेख गर्दै मन्त्री महतले नयाँ टेक्नोलोजी प्रयोग गरेर जमिन लिजमा दिएर विदेशी र नेपालीलाई आकर्षित गर्न सकिने बताए । 



देशमा परिवर्तन भएको तर त्यो काफी नभएको भन्दै मन्त्री महतले परिणाम नै देखिने गरी काम गर्न जरुरी भएको बताए । 
 

  • प्रकाशित मिति : भदौ २७, २०८० बुधबार २०:४३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया