तोलामै हजार रुपैयाँले घट्यो सुन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बिहीबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले मूल्य घटेर १ लाख ११ हजार दुई सय रुपैयाँ कायम भएको छ । 

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य स्थिर छ । तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँ रहेको छ । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला तोलामा १३ सय ९० रुपैयाँ कायम थियो ।





  • प्रकाशित मिति : भदौ २८, २०८० बिहीबार १५:४६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया