झलनाथ खनाल भन्छन्- अर्थ नीतिबारे सरकार कुहिरोको कागजस्तै अन्योल छ
‘पुँजीवादी संसदीय व्यवस्थाबाट अगाडि बढ्न सकिँदैन’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको अर्थनीतिबारे सरकार कुहिरोको कागजस्तै दिशाहीन रहेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आयोजित समाजवादी सहकारी संगठनको प्रथम स्थापना दिवसलाई सम्बोधन गर्दै उनले सहकारीको क्षेत्रबारे सरकार कुहिरोको कागजस्तै बनेको टिप्पणी गरेका हुन् ।  

‘सहकारी क्षेत्रलाई हामीले राम्रो ढंगले अगाडि बढाउनु पर्नेछ । विभिन्न खालका सहकारी आए । यिनीहरूलाई अघि बढाउन पनि समृद्ध खालका ऐन कानुनहरू बनेनन्,’ खनालले भने, ‘पछिल्लो अवधिमा हामीले खास गरी यो ६२/६३ को परिवर्तनपछि बनेको संविधानको मर्म र भावना छ तीन खम्बे अर्थतन्त्र निर्माण गर्ने त्यसमध्ये सहकारीको महत्वपूर्ण भूमिका हुनुपर्छ भन्ने कुरा भनेको छ ।’   

संविधानमा रहेका समाजवादी तत्वहरूलाई अगांलेर पुँजीवादी तत्वलाई परिवर्तन गर्दै जानुपर्ने बताएका उनले निजी क्षेत्रलाई पनि थप व्यवस्थित गर्न जरुरी रहेको बताए । ‘पुँजीवाद स्थापना भएको १८ वर्ष भयो संविधान नै बनेको पनि १० वर्ष पुग्न लाग्यो,’ खनालले भने, ‘यो पुँजीवादी व्यवस्था पुँजीवादी संसदीय व्यवस्थाबाट अब अगाडि बढ्न सकिँदैन ।’  





  • प्रकाशित मिति : भदौ २९, २०८० शुक्रबार १७:२१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया