आइपिओमा १० कित्ते नीति परिमार्जन गर्नुपर्छ : अध्यक्ष हमाल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल धितो पत्र बोर्डले प्राथमिक सेयर आइपिओमा हालको १० कित्ते नीतिलाई परिमार्जन गर्ने भएको छ । पछिल्लो समय आइपिओमा १० कित्ते नीतिले समस्या निम्त्याएको भन्दै यसलाई परिमार्जन गर्ने तयारी गरिएको नेपाल धितो पत्र बोर्डका अध्यक्ष रमेश हमालले  बताए । 

शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘आर्थिक मन्दीमा पुँजीबजार : सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले  प्राथमिक सेयर (आइपिओ) मा १० कित्ते नीतिले अन्डर राइटिङमा समस्या निम्तिएको बताएका हुन् ।

यस नीतिमा सकारात्मक कुराहरू भए पनि यसका नकारात्मक कुराहरू हटाउनुपर्ने आवश्यकता देखिएको हमाल बताउँछन् ।

‘आइपिओमा १० कित्ते नीतिको केही सकारात्मक पक्ष पनि छन् । तर, खराब पक्षको म विरोधी हो,’ उनले भने, ‘सबल पक्षलाई हामीले राख्नुपर्छ । तर, अहिले आइपिओमा १० कित्ते नीतिले समस्या निम्त्याएको छ ।’



१० कित्ते नीति हट्ने नहट्ने भन्दा पनि बहुआयामिक पक्षलाई हेरेर यो नीतिको नकारात्मक पक्षलाई कसरी सल्टाउने भन्ने कुरा महत्त्वपूर्ण रहेको अध्यक्ष हमाल बताउँछन् ।  

विद्यार्थी, गृहिणी तथा ससाना पुँजी भएका वर्गको पूँजी बजारमा पहुँच बढाउने उद्देश्यका साथ २०७५ चैत २७ गतेदेखि यो व्यवस्था धितो पत्र बोर्डले लागू गरेको थियो । 



  • प्रकाशित मिति : भदौ २९, २०८० शुक्रबार १९:४३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया