नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले उद्योगीलाई अपराधीजस्तो व्यवहार गरेर थुन्दा व्यवसायीलाई हतोत्साहित बनाएको बताएका छन् ।
शुक्रबार परिसंघले आयोजना गरेको २० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अग्रवालले सरकारको व्यवहारले व्यवसायी दुःखी बनाएको बताए । उनले सरकारको नीति व्यवसायलाई सहजीकरण पर्नेमा नियन्त्रण गर्ने खालको रहेको बताए ।
उनले कसैले निवेदन दिएकै भरमा व्यवसायीहरूलाई पक्राउ गर्ने, थुन्ने अनि मात्रै सुन्ने गरिएको गुनासो गरे । उनले पछिल्लो समय सरकारको कानुनी व्यवहारको कारण लगानीकर्तालाई मात्रै निरुत्साहित बनाइरहेको बताए । उनले आम सर्वसाधारण र सार्वजनिक निकायलाई समेत चिन्तित बनाएको बताए । उनले व्यवसायीहरू अग्रिम जमानतमार्फत फौजदारी मुद्दाको आरोपित व्यक्तिलाई अनिवार्य रूप पक्राउ गर्ने अभ्यासलाई अदालत प्रक्रियाबाट व्यवस्थित गरी जमानतमा बस्न पाउने व्यवस्था गर्नु आवश्यक रहेको बताए । उनले सरकारले उद्योगीलाई गरेको पछिल्लो व्यवहारले उद्योगी त्रासमा रहेको भन्दै उद्योगीलाई प्रहरी लगाएर दण्डित गर्न नहुने बताए ।
उनले भने, ‘नेपालको ऐन कानुन व्यवसायलाई सहजीकरण पर्नेमा नियन्त्रण गर्ने खालका छन् । कसैले निवेदन दिएकै भरमा व्यवसायीहरूलाई पक्राउ गर्ने,थुन्ने अनि मात्रै सुन्ने गरिएको छ । यसले लगानीकर्तालाई मात्रै निरुत्साहित बनाइरहेको छैन । आम सर्वसाधारण र सार्वजनिक निकायलाई समेत चिन्तित बनाएको पाएका छौँ । अग्रिम जमानतमार्फत फौजदारी मुद्दाको आरोपित व्यक्तिलाई अनिवार्य रूप पक्राउ गर्ने अभ्यासलाई अदालत प्रक्रियाबाट व्यवस्थित गरी जमानतमा राख्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको छ । सरकारले उद्योगीलाई गरेको पछिल्लो व्यवहारले उद्योगी त्रासमा छन् । उद्योगीलाई थुन्ने प्रवृत्तिले लगानीकर्ता हतोत्साहित भएका छन् । उद्योगीलाई प्रहरी लगाएर दण्डित गर्नुभएन । ठूलो अपराध हो भने ठीक हो । तर, जे मा पनि हतकडी लगाउँदा बजारमा नकारात्मक सन्देश गयो ।’
उनले आमजनताले सबल अर्थतन्त्रको आशा गरेको भन्दै त्यसतर्फ सरकारको ध्यान बताए । उनले अहिले खर्च गर्ने आत्मबल घट्दा बजारमा मन्दी छाएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0