नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ थियो ।

सुनको मूल्य लगातार तेस्रो दिन बढेपछि आज घटेको हो । आइतबार सुनको मूल्य ५०० रुपैयाँले बढेको थियो भने सोमबार २०० र मंगलबार पुनः ५०० रुपैयाँले बढेको थियो ।

सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य समेत घटेको छ । तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ कायम भएको छ ।
 





  • प्रकाशित मिति : असोज ३, २०८० बुधबार ११:५३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया