उपप्रधान तथा गृहमन्त्री नारायणकाजि श्रष्ठले सरकारको लडाइँ काम नै नगरी देश खोक्रो बनाउने विरुद्ध भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘भ्रष्टाचारविरुद्ध सुशासन प्रवर्द्धनका चुनौती’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले पुँजीपति वर्ग विरुद्ध नभई भ्रष्टाचारविरुद्ध भएको बताए ।
उनले भने, ‘जसले काम नै नगरी सम्पत्ति आर्जन गरेर यो देशलाई खोक्रो बनाउने काम गरिरहेका छन्, त्यसैको विरुद्धको लडाई हो । भ्रष्टाचार विरुद्धको सुशासनका लागि हो । पुँजीपति वर्ग विरुद्ध होइन । ठूला व्यवसायी विरुद्ध होइन ।’
उद्योग व्यवसायीहरूको लागि काम गर्ने व्यवस्थित वातावरण बनाउन आवश्यक भएको बताएका उनले राष्ट्रिय पुँजी उत्पादन गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए । उनले लगानी नगरी शक्ति प्रयोग गरेर देशको अर्थतन्त्रलाई खोक्रो बनाउने र पैसा जम्मा गर्ने संस्कृतिलाई ध्वस्त बताउने घोषणा गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0