हस्तक्षेप नगर्न बाह्य शक्तिलाई आग्रह गर्दै माधव नेपालले भने- हामी कसैको सुरक्षा छातामा बस्दैनौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, नेपाल कुनै रणनीतिक योजनामा सामल हुन नहुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय हित र सुरक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको भन्दै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बाह्य शक्तिलाई आग्रह गरे । 

‘सैन्य गठबन्धनमा सामेल हुन सक्दैनौँ । हामी कसैको सुरक्षा छातामा बस्न सक्दैनौँ । कसैको सुरक्षा छाता होइन सद्भाव भए पुग्छ । हाम्रो देशको आन्तरिक मामिलामा कसैले हात नहाली दिउन् र दुई देशबीचको द्वन्द्वको अखडा र मैदान नबनाई दिउन् त्यति भए पुग्छ ।’ उनले भने । 

त्यस्तै उनले पछिल्लो समय लोकतन्त्र र प्रजातन्त्रको नाममा अनुचित कर्मको ढाकछोप गर्ने गरिएको भन्दै असन्तुष्टि पोखे । जनताको बीचमा फाटो ल्याउने काम गरेमा फाइदा अरूले उठाउने र कूटनीतिक कौशलताको लागि पहल गर्नु पर्ने उनको तर्क छ । 

उनले कम्युनिस्ट पार्टीहरूलाई गलत रूपमा व्याख्या गर्ने गरिएको आरोप लगाएका छन् । ‘मानवीय पक्षलाई ओझेलमा पारेर कम्युनिस्टहरू मानवीय होइन दानवीय हुन्छन् भन्ने एक्लो वर्चस्व कायम गर्न चाहन्छ र अधिनायकवादी हुन्छन् भन्दै संसारमा प्रचार गर्ने गरिएको छ । आफूले गरेको सबैखाले अनुचित कुराहरू लोकतन्त्र र प्रजातन्त्रको नाममा ढाकछोप गर्ने गरिएको छ ।’ 





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार १६:४९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया