नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले, शान्ति प्रक्रियालाई पूर्णता दिन सबै दल एक ठाउँमा उभिनुको विकल्प नभएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा उनले नेपालको शान्ति प्रक्रिया पुरा गर्न पुरानो चिन्तनबाट अघि बढ्दा समस्या हुन सक्ने चेतावनी दिए ।
‘शान्ति प्रकृया राष्ट्रिय मुद्दा हो । नेपालको आन्तरिक मामिलाको मुद्दा हो । नेपाली राजनीतिक दलहरूको बीचमा आम सहमति खोज्नुको विकल्प छैन,’ उनले भने ‘ फेरी पनि सहमति खोज्नु पर्ने आवश्यकता छ । कतिपय इस्युहरूको विषयमा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले चासो दिइरहेका विषयहरू पनि छन् ।’
उनले अहिलेको विश्व नै दुई खेमामा विभाजित भएको देखिएको तर्क गर्दै नेपालले शान्तिपूर्ण बाटोलाई अँगाल्नुको विकल्प नभएको बताए । कतिपय कुराहरू मेलमिलापको प्रक्रियाबाट नभई न्यायिक प्रक्रियाबाट टुङ्ग्याउने कुरामा पनि आफ्नो पार्टी गम्भीर भएर लागेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0