अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन बैंकहरूले ब्याजदर घटाउनेतर्फ उन्मुख हुन आग्रह गरेका छन् । बिहीबार निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन् ।
उनले सरकारले अर्थतन्त्र चलायमान बनाउन र बैंकको ब्याजदर घट्ने उद्देश्यले स्थानीय तहको सञ्चित कोषको रकम बैंकले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको बताए । अर्थमन्त्री महतले बैंकहरूले उल्टो ब्याजदर बढाउने काम गरेको भन्दै असन्तुष्ट जनाए ।
उनले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रले सकारात्मक सन्देश प्रवाह र बैंकहरुले निजी क्षेत्रलाई सहुलियत दिन आवश्यक रहेको उल्लेख गरे । उनले पछिल्लो समय बैंकहरूलाई लगानी नगर भनेर नकारात्मक साइकलको अन्त्य गर्नु जरुरी देखिएको बताए ।
उनले अर्थतन्त्र चलायमान हुँदा अर्थतन्त्र बढ्ने र आर्थिक गतिविधि बढ्दा रोजगारी पनि वृद्धि हुने भन्दै अर्थतन्त्रको नकारात्मक चक्रलाई सूचक्रमा बदल्न जरुरी रहेको बताए । उनले निजी क्षेत्रले अर्थतन्त्रप्रति नकारात्मक देखिए निजी क्षेत्रलाई नै पछि समस्या पर्ने बताए । उनले बैंकहरूले पनि निजी क्षेत्रलाई सहुलियत दिनुपर्ने अवस्थामा केही बैंकहरूले ब्याज बढाउनु राम्रो नभएको बताए ।
उनले सरकारी बैंकहरू ब्याजदर घटाएको भन्दै अन्य बैंकहरूले पनि ब्याजदर घटाउने तर्फ ध्यान दिन आवश्यक रहेको बताए । अर्थमन्त्री महतले निक्षेप तथा कर्जा सुरक्षण कोषले कर्जा लगानीमा टेक्टोलोजी प्रणालीमा अग्रहणी भूमिका खेल्न आवश्यक रहेको बताए । निक्षेप तथा कर्जा सुरक्षण कोषले निक्षेपकर्ताहरुको लगानी जोखिमलाई न्यूनीकरण गर्न सके मात्रै निक्षेप बढ्न सक्ने बताए । उनले साना–साना बचत कर्जा र उद्यमहरूको विकास गर्न सके मात्रै अर्थतन्त्र माथि जान सक्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0