नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिलाई सत्तामा जाने भर्याङको रूपमा मात्र प्रयोग गर्न नहुने बताएका छन् ।
‘बिहीबार विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा उनले छिटो भन्दा छिटो शान्ति सम्झौतालाई टुङ्ग्याउनु पर्ने बताए ।
‘जनतालाई सेवा दिने, भ्रष्टाचार नियन्त्रण, रोजगार प्रवर्धनको कुरामा र आर्थिक वृद्धिदरका कुरामा ध्यान दिनु पर्छ,’ उनले भने ‘राजनीतिलाई सत्तामा जाने भर्याङ मात्र नबनाएर जनता र परिवर्तनको माध्यम बनाउनु पर्छ ।’
उनले शान्ति प्रक्रियालाई टुङ्ग्याउन अहिलेका नेताहरू सक्षम रहेको र त्यसलाई टुङ्ग्याउन जरुरी रहेको बताए । उपमहासचिव राष्ट्रिय सवालका लागि पनि यो मुद्दा टुङ्ग्याउन ढिला गर्न नहुने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0