नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा तीनवटा प्रस्ताव प्रस्तुत भएका छन् । बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएकाे बैठककाे पहिलो दिन एक दर्जन नेताले आफ्नो धारणा राखे ।
बैठकमा कांग्रेसकाे महासमितिको बैठक मंसिर १३,१४ र १५ गते काठमाडौंमा गर्ने प्रस्ताव आएको नेता मीनबहादुर विश्वकर्माले बताए । महामन्त्री गगनकुमार थापाले बैठकमा समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कांग्रेस कार्यसमितिको बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0