परराष्ट्रमन्त्री एनपी साउदले अतिकम विकसित देशहरूको पूर्वाधारका लागि वित्तीय साधनको परिचालन महत्त्वपूर्ण पक्ष भएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको जारी ७८औँ महासभामा ‘द समिट फर फ्युचर’ विषयक मन्त्रीहरूको सम्मेलनमा अतिकम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतले सम्बोधन गर्दै मन्त्री साउदले यस्तो धारणा राखेका हुन् ।
‘अतिकम विकसित देशहरूको व्यापार समस्यालाई समाधान गर्न व्यापार सेवामा सुधार गर्दै सुविधा प्रदान गर्नु अपरिहार्य छ,’उनले भने ।
अतिकम विकसित देशहरूको आर्थिक, सामाजिक, व्यापारिक रणनीतिमा सुधार गर्न अन्तर्राष्ट्रिय सहयोग महत्त्वपूर्ण रहेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0