कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा आज बिहान ११:०० बजे पनि बस्न लागेको हो । 

आजको बैठकमा धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन् । सभापति शेरबहादुर देउवाको सभापतित्वमा हिजो बसेको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तावहरू प्रस्तुत गरेका थिए । 

उक्त बैठकमा उपसभापति एवं कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरू बारे जानकारी गराएका थिए । 





  • प्रकाशित मिति : असोज ५, २०८० शुक्रबार ८:९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया