नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 

बिहीबार छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढेको हो । चाँदी तोलाको एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।  





  • प्रकाशित मिति : असोज ५, २०८० शुक्रबार ११:११:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया