संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ ।
छोटो भेटमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थियो । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
भेटमा राष्ट्रपति बाइडेनकी श्रीमती जिल ज्याकोब र प्रधानमन्त्रीकी छोरी गंगा दाहाल लगायत सहभागी रहेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0