संसद् अवरोधले संसदीय पद्धतिलाई कमजोर पार्छ : लेखक
फाइल तस्बिर

नेपाली कांग्रेका प्रमुख सचेतक रमेश लेखकले बारम्बार सदन अवरोध गर्दा संसदीय पद्धति नै कमजोर हुने बताएका छन् । शुक्रबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकमा उनले निरन्तर बैठक अवरोध गर्ने शैलीप्रति असन्तुष्टि व्यक्त गरे ।

केन्द्रीय समितिलाई संसद्को गतिविधि जानकारी गराउने क्रममा उनले भने, ‘निरन्तर सदन अवरोध हुने स्थिति बनिरहेको छ । प्रमुख प्रतिपक्ष ज्यादा आक्रोशित भइरहेका छन् । त्यो स्थिति यथावत् छ । निरन्तरको बैठक अवरोधले संसदीय पद्धतिलाई कमजोर गर्छ ।’

प्रमुख सचेतक लेखकले बारम्बार ११ पटक सूचना जारी गरेर बैठक स्थगित भएको र  ६ देखि ७ पटकसम्म बैठक निरन्तर अवरोध हुँदै आएको बताए । 

पछिल्लो समय पशुपतिको जलहरिको सुनको ठाउँमा पित्तल मिसाएको छ भनेर एक जना माओवादीका नेताले बोलेको अभिव्यक्तिपछि सदन निरन्तर अवरुद्ध भइरहेको उनले बैठकलाई जानकारी गराए ।





  • प्रकाशित मिति : असोज ५, २०८० शुक्रबार १३:५५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया