महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम जारी छ : उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न काम भइरहेको बताएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ काठमाडौं महानगरपालिका कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

महिलाको सहभागिता मात्र होइन अर्थपूर्ण सहभागिता हुनुपर्छ भन्ने कुरालाई पहिल्यैदेखि उठाउँदै आइरहेको उल्लेख गर्दै उनले काठमाडौं महानगर पालिकामा महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेतर्फ आफूहरूले पाइला चालिरहेको बताइन् ।



‘काठमाडौं महानगरपालिका महिलाका लागि विशेष महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुरामा गम्भीर छ, महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्छ भन्ने कुरा पहिल्यैदेखि उठाइँदै आइएको छ,’ डंगोलले भनिन्, ‘आज महानगरपालिकाका ३२ वटा वडामै महिला जनप्रतिनिधिले नेतृत्वदायी भूमिका पाइराख्नु भएको छ ।’ 

उनले पार्टीको समृद्ध नेपाल सुखी नेपालीको नारा महिला र पुरुष सँगसँगै एकजुट भएर अगाडि बढे मात्र यथार्थमा बदलिने टिप्पणी गरिन् ।
 



  • प्रकाशित मिति : असोज ५, २०८० शुक्रबार १७:१४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया