काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महिला र पुरुष एकजुट भएर अघि बढे मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना यथार्थमा परिणत हुने बताएकी छन् ।
शुक्रबार अखिल नेपाल महिला संघ काठमाडौं महानगरपालिका कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले एमालेले परिकल्पना गरेको ‘सुखी नेपाली समृद्ध नेपाल’लाई यथार्थमा परिणत गर्न महिला र पुरुष एकजुट भएर अघि बढ्नुपर्ने बताएकी हुन् । उनले महिला अघि बढ्नु भनेको पुरुषलाई पछाडि पार्नु नभएको भन्दै एकै रथको दुई पांग्रा भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।
उनले पार्टीलाई सुदृढ बनाउने हो भने सक्षम युवाहरूलाई राजनीतिमा अघि सार्नुपर्ने बताइन् । उपमेयर डंगोलले पार्टीका हरेक संगठनमा युवाहरूलाई तयार पार्दै लैजानुपर्ने बताइन् । उनले राजनीतिमा आउने युवाहरूले पेसालाई पनि सँगसँगै जोड्दै लैजानुपर्ने बताइन् ।
‘समृद्ध नेपाल सुखी नेपालीको नारा तब यथार्थमा बदल्छ जब महिला र पुरुष सँगसँगै एकजुट भएर अघि बढ्छ । महिला अघि बढ्नु भनेको पुरुषलाई पछाडि पार्नु कदापि होइन । महिला र पुरुष सँगसँगै एकै रथको दुई पाङ्ग्राको हिसाबले हामी अघि बढ्न सक्यौँ, एकअर्कालाई साथ दिनसक्यौँ भने बल्ल हामीले सोचेको समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना यथार्थ हुनसक्छ,’ उनले भनिन् ।
उनले पार्टीको महत्व झल्काउने काम गर्न डटेर लाग्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0