ओली भन्छन्- छिमेकीले पैँचो दिन्छ भनेर आश गर्नु हुँदैन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकीसँग माग्नुपर्ने अवस्था सिर्जना गर्न नहुने बताएका छन् ।

ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा अर्थ योजना विभागले आज आयोजना गरेको ‘नेपाल अतिकम विकासित देशबाट विकासशील देशमा स्तरोन्नति प्रस्तुत’ कार्यक्रममा उनले हामीले आफैँ उत्पादन गरे छिमेकीसँग माग्नु नपर्ने बताए । 

‘मुलुक अझै विकसित हुँदै जानुपर्दछ । अर्काले अनुदान दिन्छ कि दिँदैन । छिमेकीले पैँचो दिन्छ कि दिँदैन । त्यो मतलब राख्नुहुँदैन । आफ्नै खेतमा टन्न खाद्यान्न फलाउनुपर्दछ’, ओलीले भने, ‘आफ्नो खेतमा टन्न फलाएपछि छिमेकीबाट दाल, चामल सकिएछ भनेर भन्न जानुपर्दैन ।’

उनले नेपालले आश गर्ने नभइ पौरख गर्ने तिर लाग्नुपर्ने भन्दै हामी परनिर्भरता नभइ आत्मनिर्भरतातर्फको प्रवृत्ति हुुनुपर्ने भनाइ राखे । ओलीले अल्पविकसित मुलुक विकासशील मुलुकमा बढोत्तरी हुनु सकारात्मक कुरा रहेको बताए ।



उनले विकासशील देशमा बढोत्तरीले राष्ट्रको नैतिकतालाई उचो पुर्‍याउने उल्लेख गर्दै विकसित देशमा परिणत भयो भन्ने कुराको मनोबल उच्च राख्ने बताए । ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि आफैँ काम गर्नुपर्ने बताए । 



  • प्रकाशित मिति : असोज ५, २०८० शुक्रबार २२:५५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया