नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण हुन नसकेको बताएका छन् ।
समाजवादी पेशागत कानुन व्यवसायी सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा नेपालले समाज, आर्थिक र सांस्कृतिक रूपान्तरणविना देशले विकास सम्भव नभएको भन्दै यसमा गम्भीर हुन आवश्यक भएको बताए ।
उनले भने, ‘सामाजिक, आर्थिक र सांस्कृतिकयीतीन वटै क्षेत्रको रूपान्तरणविना देशले विकास गर्न सक्दैन । हामीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्दैनौ । राजनीतिक परिवर्तन त भयो तर आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण गर्न बाँकी छ । सोच र आँट हुनुपर्छ, असम्भव केही पनि छैन तर सोच, संकल्प छैन भने त्यस्तोले केही गर्न सकिँदैन ।’
त्यस्तै उनले अझै पनि सामाजिक न्याय र समानताका सवालमा धेरै चुनौती भोग्नु परेको भन्दै त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताए ।
‘हाम्रो देशमा अझै पनि ठूलो समस्या सामाजिक न्याय, सामाजिक समानताको छ । सामाजिमक न्याय र समानता नपाएर सहज रुपमा मानव जीवन जिउन नपाएर अरूबाट पीडा सहन पर्ने अवस्थामा रहनु पर्ने कारणले कसरी मानव जीवनलाई राम्रो बनाउने,’ उनले भने, ‘सुखी नेपालीको कल्पनालाई कसरी सफल पार्ने, न्याय कसरी दिने यो सन्दर्भमा धेरै पक्ष रहेको हुन्छ र त्यसमा सरोकारवाला व्यक्ति र संस्थाको ध्यानजानु आवश्यक हुन्छ ।’
उनले जनताको जीवन परिर्वतननभएसम्म राजनीतिक परिवर्तनको कुनै औचित्य नरहेको तर्क गरे । ‘जनताको जीवनमा परिवर्तन भएन भने, जनताको जीवन सुखी हुन सकेन भने राजनीतिक परिवर्तनको कुनै अर्थ रहँदैन । त्यस कारणले पनि कसरी जनताको हितमा काम गर्ने, जनतालाई कसरी यो देशको मालिक बनाउने त्यसको बारेमा संविधानमा त लेखेका छौँ तर त्यसलाई कार्यान्वयन गर्ने ठूलो चुनौती छ ।’ उनले भने ।
मौलिक हकमै व्यवस्थागरिएका कतिपय सवाल समेत व्यवहारमा ल्याउन नसकिएको भन्दै उनले विकासको लहर ल्याउन विदेश जाने युवाहरूलाई रोक्न जरुरी रहेको बताए । उनले भने, ‘हामीले शिक्षा, स्वास्थ्य र रोजगारी जनताको मौलिक अधिकार हो भनेका छौ । तर त्यही कुराहरू राज्यले उपलब्ध गराउन सकेको छैन । रोजगारीको अभावमा युवाहरु विदेश जाने लहरमा छन् । देशमा कसरी विकासको लहर कसरी ल्याउन सकिन्छ त्यो महत्त्वपूर्ण कुरा हो । विगतमा भएको कमी कमजोरीहरूलाई स्वीकार गर्ने हो भने भविष्यमा त्यो गल्ती दोहरिँदैनन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0