महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दिगो विकास लक्ष्य एवं आवधिक योजनाले तय गरेको रणनीतिक कार्यविधिलाई हासिल गर्ने गरी कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।
शनिबार समाज कल्याण परिषदद्वारा काठमाडौंमा आयोजित ४४ औं सामाजिक सेवा दिवसलाई सम्बोधन गर्दै उनले सन् २०३० सम्म नेपाललाई समुन्नत राष्ट्रको रूपमा चिनाउने गरी योजना तर्जुमा गर्न निर्देशन दिए । उनले सामाजिक संस्थाले पारदर्शिता, परियोजनाहरूको कार्यकुशलता, प्रभावकारितामा ध्यान पुर्याउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले गैर सरकारी क्षेत्रबाट हुने सबै काम कारबाहीलाई सरकारको एक द्वार नीति अनुरूप समाज कल्याण परिषदमार्फत सञ्चालन गर्ने गरी कार्य गर्न निर्देशन दिए । उनले गैरसरकारी संस्थाहरूलाई प्राथमिक प्राप्त क्षेत्रमा परिचालन गर्ने परिषदबाट हुने अनुगमन एवं मूल्याङ्कन कार्यलाई प्रभावकारी बनाइने ब्यहोरा आर्थिक वर्ष २०८०/०८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख रहेको बताए ।
उनले भने, ‘गैरसरकारी संस्थाहरूलाई प्राथमिक प्राप्त क्षेत्रमा परिचालन गर्ने परिषद्बाट हुने अनुगमन एवं मूल्याङ्कन कार्यलाई प्रभावकारी बनाइने ब्यहोरा आर्थिक वर्ष २०८०/०८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख छ । यसलाई कार्यान्वयन गर्दै सन् २०३० सम्म नेपाललाई समुन्नत राष्ट्रको रूपमा चिनाउने दिगो विकासका लक्ष्य एवं आवधिक योजनाले तय गरेको रणनीतिक कार्यविधिलाई हासिल गर्ने गरी कार्यक्रम तर्जुमा गर्नुहुन सबै गैरसरकारी संस्था, परिसंघ एवं सम्बन्धित मन्त्रालयलाई समेत आग्रह गर्दछु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0