प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता सुरु भएको छ ।

शनिबार बिहान अमेरिकाबाट चीन पुगेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच हाङआजोमा भेटवार्ता सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्ताका एजेण्डा भने जानकारी गराइएको छैन । तर, नेपालको भौतिक पूर्वाधारलगायत विभिन्नदुईपक्षीय हितका विषयमा छलफल कुराकानी हुने बताइएको छ । 

भेटवार्तापछि प्रचण्डले दुई घण्टा होटलमा आराम गर्ने र आजै १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।





  • प्रकाशित मिति : असोज ६, २०८० शनिबार १६:२६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया