संक्रमणकालीन न्यायबारे प्रधानमन्त्रीले विश्वमञ्चमा भ्रम छरे : अधिकारकर्मी प्रसाईं

मानव अधिकारकर्मी चरण प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायको अन्तिम चरणमा रहेको भन्दै विश्वमञ्चमा गएर भ्रम छरेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित जनअधिकार अभियान नेपालको आठौँ वार्षिक साधारणसभा एवं प्रगतिशील कानुन व्यवसायी एसोसिएसनको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

नेपालमा संक्रमणकालीन न्याय सुरु नै नभएको दाबी गर्दैै उनले प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायको अन्तिम चरणमा रहेको भन्दै संयुक्त राष्ट्रसंघमा भाषण गरी जनतामा भ्रम छर्ने काम गरेको बताएका हुन् । 

प्रसाईंले भने, ‘संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीले नेपालको तर्फबाट आफ्नो भाषण गर्नुभयो । भाषणमा यो संक्रमणकालीन न्यायलाई चाँडोभन्दा चाँडो टुंग्याउँछौँ । प्राथमिकतामा राखेका छौँ । यो विधेयक संसदमा विचाराधीन छ भन्नुभयो, तर हाम्रो संक्रमणकालीन न्याय सुरु नै भएको छैन, अन्तिम चरणको त कुरा छाडौँ । विश्वमञ्चमा गएर त्यसरी भ्रम छर्दा कस्तो असर पर्छ ?’



उनले सरकारले संविधान र अन्तर्राष्ट्रिय मापदण्ड पनि पालना नगरेको आरोप पनि लगाए । 

प्रसाईंले भने, ‘संविधान सरकारले पालना गर्नुपर्छ, त्यो भएको छैन । अन्तर्राष्ट्रिय मापदण्ड पनि पालना भएको छैन । राजनीतिक हस्तक्षेपले अड्काउने काम भएको छ । संक्रमणकालीन न्यायको काम सुरु नै भएको छैन ।’ 



  • प्रकाशित मिति : असोज ६, २०८० शनिबार १६:४४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया