केरुङ भन्सारबाट आउने ट्रकहरुमा सुन बोकिन्छ : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाएका छन् । स्वर्ण युगको झल्को दिनेगरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको जिकिर थियो । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुन तस्करी प्रकरण चलाउनेहरु आफैँले स्वर्ण युग आयो भनेर भनिरहेको भन्दै सरकारको कटाक्ष पनि गरे । चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीले बताए । देशको अवस्था नाजुक भएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा परिवर्तन ल्याउनैपर्ने बताए । 

‘प्रश्न के हो भने अगाडि बढने हो भने देशलाई शीरमा राख्न सक्नुपर्दछ । सबभन्दा माथि देशलाई राख्न सक्नुपर्दछ । आफ्नो स्वार्थलाई शीरमा राख्यो भने, आफ्नो स्वार्थलाई केन्द्र भागमा राख्यो भने देशलाई सफल बनाउन सकिँदैन,’ उनले भने, ‘देशलाई सफल बनाउनका निम्ति नातागोता, परिवारवाद भन्नुहुँदैन । देशलाई सफल बनाउने हो भने यस्ता अहिले तस्करी काण्डह चलेका छन् नि । यस्ता काण्डहरु चलाउनुहुँदैन ।’

स्वर्ण युग नै आएको कटाक्ष गर्दै उनले भने, ‘उहिले हामी गोल्डेन टच भन्ने पढथ्यौँ । त्यस्तै भएको छ । केरुङ भन्सारबाट आउने ट्रकहरुमा सुन बोकिन्छ । पहिले–पहिले रातो चन्दन उत्तर लगिन्थ्यो, अहिले उत्तरतिरबाट सुन ओरालो झारिन्छ । यो भइराखेको छ ।’



अध्यक्ष ओलीले देशको मूल्यमा कुनै पनि व्यक्तिको स्वार्थ पूरा गर्न नसकिने पनि बताए । 



  • प्रकाशित मिति : असोज ६, २०८० शनिबार २०:१५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया