सुन प्रकरण जाँचबुझ आयोग बनाउन भोलि सर्वदलीय बैठक, माधव नेपाल र बाबुरामलाई बोलाइएन

सुन प्रकरणबारे छलफल गर्न आइतबारका लागि सर्वललीय बैठक बोलाइएको छ । यसअघि सहमति भएको विषयमा छलफलका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक बोलाइएको हो । 

यसअघि ६ भदौमा राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक बसेको थियो । बैठकले उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति गरे पनि हालसम्म सरकारले त्यस्तो आयोग बनाएको छैन । 

असोज ५ भित्रमा जाँचबुझ आयोग बनाउने सहमतिपछि एमालेले जारी राखेको संसदको अवरोध हटाएको थियो । 

आयोगको कार्यादेशबारे सहमति नभएपछि आयोग बन्न सकेको छैन । आयोगको कार्यादेशमा छलफल गर्न भोलिका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक बोलाइएको हो । 



भोलि बिहान ९ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई भने बोलाइएको छैन । 

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र राप्रपा र जनमत पार्टी मात्रै राष्ट्रिय मान्यता पाएका पार्टी हुन् ।  



  • प्रकाशित मिति : असोज ६, २०८० शनिबार २३:१०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया