चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बेइजिङ जाँदै छन् । प्रधानमन्त्री दाहालले बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपिआइटीले सो सम्मेलन आयोजना गरेका छन् ।
नेपाल र चीनका १ सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने सम्मेलनमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री दाहाल आजै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले सोमबार चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजी र चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
भोलि नेपाल चीनका विविध सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ । त्यसपछि चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्ने कार्यक्रम छ भने चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन् ।
शनिबार प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङचाओमा भटवार्ता गरेका थिए । प्रधानमन्त्री दाहालसहितको प्रतिनिधिमण्डल यही १३ असोजमा नेपाल फर्कने कार्यक्रम छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0