सभामुख देवराज घिमिरे एक साता लामो आयरल्याण्डको औपचारिक भ्रमण सकेर नेपाल फर्कँदै छन् । उनी आज बिहान १०ः१५ बजे कतार एयरलाइन्सबाट स्वदेश फर्कन लागेका हुन् ।
सभामुख घिमिरे तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ३१ भदौमा आइतबार साँझ आयरल्याण्ड प्रस्थान गरेका थिए ।
आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेलको निमन्त्रणामा सभामुख घिमिरे एक साताका लागि आयरल्याण्डको राजधानी डब्लिन गएका थिए ।
भ्रमणका क्रममा उनले तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेल र माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेटसमेत गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0