सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम भ्रष्टाचार उन्मूलन गरिदिने नभएको बताएकी छन् ।
आइतबार संघीय संसद् प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानुन निर्माण गर्न आवश्यक रहेको बताएकी हुन् ।
उनले भनिन्, ‘अख्तियारले नै भ्रष्टाचार उन्मूलन गरिदिन्छ भन्ने हैन । उसले भ्रष्टाचारका कारणहरू खोजी गर्ने हो । सिफारिस गर्ने हो । कानुन राम्रो र बाध्यकारी भयो भने धेरै कुरा नियन्त्रण हुन्छ ।’
आयोगले भ्रष्टाचारका काण्डहरू खोजी दिने, कारबाहीका लागि सरकारलाई सिफारिस गरिदिने उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने काम सरकारकै भएको उनले बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0