भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गुरुङ

कानुनमन्त्री धनराज गुरुङले भ्रष्टाचारलाई नियन्त्रण गरेर मुलुकलाई सुशासनतर्फ लैजान सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

आइतबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सबैको चाहना भ्रष्टाचारको दलदलबाट मुलुकलाई मुक्त गर्ने रहेको भन्दै भ्रष्टाचारलाई नियन्त्रण गरेर मुलुकलाई सुशासनतर्फ लैजान सबै एकाकार प्रतिबद्ध रहेको बताएका हुन् । 

उनले भने, ‘हामी कोही पनि यो मुलुकलाई भ्रष्टाचारको दलदलमा फसाइरहन चाहँदैनौँ र भ्रष्टाचारको दलदलबाट यो मुलुकलाई मुक्त गर्न चाहन्छौँ, हामी सबैजना भ्रष्टाचारलाई नियन्त्रण गरेर मुलुकलाई सुशासनतर्फ लैजान हामी सबै एकाकार पनि छौँ र प्रतिबद्ध पनि छौँ ।’

उनले भ्रष्टाचारसम्बन्धी विधेयक अझै समृद्ध बनेर अगाडि बढ्ने जिकिर गरे ।





  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार १५:३०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया