भारतसँग नेपाल २३ रनले पराजित, पदक जित्ने सम्भावना समाप्त

नेपाली क्रिकेट टिम चीनमा जारी १९औँ एसियन गेम्सको क्रिकेट प्रतिस्पर्धाको क्वाटरफाइलबाट बाहिरिएको छ । मंगलबार भएको क्वाटरफाइनल खेलमा भारतसँग २३ रनको हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । 

योसँगै लगातार तेस्रोपटक नेपाली क्रिकेट टिम पदक जित्न चुकेको छ । यसअघिको दुई संस्करणमा पनि नेपाल क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

भारतले दिएको २ सय ३ रनको बलियो लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३२, सन्दीप जोराले २९, कुशल भुर्तेलले २८, करण केसीले अविजित १८ र आसिफ शेखले १० रन बनाए । 

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । भारतका लागि ,आविशे खान, रवि विश्नोईले तीन/तीन, अर्शदीप सिंहले दुई र साई किशोरले एक विकेट लिए ।   



त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २ रन बनायो । उसका लागि ओपनिङ ब्याटर यशस्वी जैसवालले शतकीय इनिङ खेले । 

उनले ४९ बलमा ७ छक्का र ८ चौकाको मद्दतमा शतकीय पारी खेलेका हुन् ।  टी–२० अन्तर्राष्ट्रियमा जैसवालको यो पहिलो शतक हो । यस्तै, रिंकु सिंहले अविजित ३५, शिवम दुबे, कप्तान ऋतुराज गायकवाडले २५/२५ रन जोडे । जितेश शर्मा ५ र तिलक वर्मा भने २ रनमै आउट भए । 



नेपालका लागि दीपेन्द्र सिंह ऐरीले दुई, सन्दीप लामिछाने र सोमपाल कामीले एक/एक विकेट लिए । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ ।


  • प्रकाशित मिति : असोज १६, २०८० मंगलबार १०:९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया