कोशी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।
मुख्यमन्त्री केदार कार्कीले विराटनगरस्थित मुख्यमन्त्री निवासमा पत्रकार सम्मेलनआयोजना गरेर सो जानकारी दिएका हुन् । पीडितको राहत तथा पुनर्स्थापनाका लागि प्रदेश सरकारले सो रकम सहयोग गर्ने उनले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकबाट आर्थिकसँगै एक ट्रक राहात सामग्री प्रभावित प्रदेश सरकारलाई उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री कार्कीले बताए ।
भूकम्प पीडितका लागि सरकारले लत्ताकपडा, ब्ल्यांकेट, त्रिपाल र गुन्द्रीलगायत उपलब्ध गराउने भएको हो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0