मधेस प्रदेश सरकारले आफ्नो छुट्टै प्रहरी प्रशासनको माग गर्दै संघीय सरकारको ध्यानाकर्षण गराउने भएको छ। मुख्यमन्त्री सरोज कुमार यादवले यसका लागि प्रधानमन्त्रीलाई बिहीबार ज्ञापन पत्र बुझाउने जानकारी दिएका छन् ।
मुख्यमन्त्री यादवले प्रदेशको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधन स्रोत नहुँदा आवश्यक काम गर्न नसकेको आज पत्रकार सम्मेलनमा बताए । उनले निजामती ऐन र प्रहरी समायोजनका लागि संघीय सरकारलाई एक महिने अल्टिमेटम दिँदै भोलि बिहीबार ज्ञापन पत्र बुझाउन लागिएको बताए ।
यो मागमा प्रतिपक्षी दलको पनि साथ रहेको भन्दै एक महिनाभित्र माग पूरा नगरे संघीय सरकारविरुद्ध आन्दोलन गर्ने मुख्यमन्त्री यादवले चेतावनी दिए । उस्तै परेमा, ‘संघीय राजधानी र जनकपुरमा मात्रै होइन, गाउँ गाउँमा आन्दोलन हुन्छ’ यादवले सम्वाददाताहरूसँग भने।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0