मधेश प्रदेशले माग्यो छुट्टै प्रहरी प्रशासन, नपाए आन्दोलन गर्ने चेतावनी

मधेश प्रदेश सरकारले आफ्नो छुट्टै प्रहरी प्रशासनको माग गर्दै संघीय सरकारको ध्यानाकर्षण गराउने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले यसका लागि प्रधानमन्त्रीलाई बिहीबार ज्ञापनपत्र बुझाउने जानकारी दिएका छन् । 

मुख्यमन्त्री यादवले प्रदेशको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधनस्रोत नहुँदा आवश्यक काम गर्न नसकेको आज पत्रकार सम्मेलनमा बताए । उनले निजामती ऐन र प्रहरी समायोजनका लागि संघीय सरकारलाई एकमहिने अल्टिमेटम दिँदै भोलि बिहीबार ज्ञापनपत्र बुझाउन लागिएको बताए । 

यो मागमा प्रतिपक्षी दलको पनि साथ रहेको भन्दै एक महिनाभित्र माग पूरा नगरे संघीय सरकारविरुद्ध आन्दोलन गर्ने मुख्यमन्त्री यादवले चेतावनी दिए । ‘उस्तैपरेमा संघीय राजधानी र जनकपुरमा मात्रै होइन, गाउँ–गाउँमा आन्दोलन हुन्छ,’ यादवले भने । 





  • प्रकाशित मिति : कात्तिक २२, २०८० बुधबार २०:९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया