इजरायलमा हमासको आक्रमणको क्रममा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीसँग कुनै पनि माध्यमबाट प्रत्यक्ष सम्पर्क नभएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिएकी छन् ।
गत असोज २० गतेदेखि बेपत्ता रहेका विपिन सुरक्षित रहेको समाचार प्रकाशमा आएको सन्दर्भमा थप विवरणबारे बुझ्न खोज्दा प्रवक्ता लम्सालले विपिनसँग प्रत्यक्ष सम्पर्क नभए पनि इजरायलस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयले उनको यथार्थ अवस्था बुझ्न हर सम्भव प्रयास गरिरहेको बताइन् ।
परराष्ट्र मन्त्री एनपी साउदले जोशीको अवस्थाबारे बुझ्दा उनी सुरक्षित रहेको सूचना पाएको बताईएको छ। गाजामै सुरक्षित रहेका भनिएका जोशीलाई इजरायल सरकारले अत्यावश्यक प्रक्रिया पूरा गरेपछि सार्वजनिक गर्ने र त्यसपछि नेपाली दूतावासको जिम्मा लगाउने जानकार सूत्रले बताएको छ ।
हमासको उक्त आक्रमणमा परेर दक्षिणी इजरेलको गाजासँग सीमा जोडिएको कृषि फर्ममा कार्यरत १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए।
केही दिन अघि मात्रै विपिनको परिवारले उनको खोजी र सकुशल उद्धारका लागि पहल गर्न परराष्ट्र मन्त्रीसँग आग्रह गरेको थियो ।
उता, इजरायल तेल अभिभस्थित नेपाली दूतावासले प्यालेस्टाइनको विद्रोही समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीलाई बन्धक बनाएको पुष्टि भए पनि उनीसँग सम्पर्क हुन नसकेको जनाएको छ।
गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी सम्पर्कविहीन भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0