पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार ११ जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६७४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । ७ हजार ४१४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा १ हजार २७१ संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ ।
मन्त्रालयका अनुसार शुक्रबार ५१९ जना क्वारेन्टिनमा रहेका छन् भने हाल १२ हजार १४८ सक्रिय कोरोना संक्रमित रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0